लाओसको आतापेउस्थित एक विद्युत् बाँध भत्किँदा २० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

लाओसको आतापेउस्थित एक विद्युत् बाँध भत्किँदा २० जनाको मृत्यु

badha

काठमाडौं, ९ साउन । लगातारको वर्षापछि आएको बाढीले लाओसको आतापेउस्थित एक बाँध भत्किँदा २० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बेपत्ता भएका छन् ।

लगातारको बर्षापछि आएको पहिरोका कारण बाँध भत्केको बताईएको छ । लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक बिद्युत बाँध भत्कंदा उनीहरु बेपत्ता भएका हुन् । सयौं उद्धारकर्मी परिचालन गरिएको छ । यसअघि आएको बाढी र पहिरोले ६ वटा गाउँ नै बगाएको थियो । जसका कारण ६ हजार ६ सय परिवार बिस्थापित भएका थिए ।

यसैबीच लाओसका प्रधानमन्त्री थोङलोउनले घटनास्थलको निरीक्षण गरी उद्धारलाई तीब्रता दिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । बाढी प्रभावितका लागि उचित राहतको ब्यबस्था मिलाइएको भन्दै लाओस सरकारले बाढी पीडितको सहयोगका लागि स्थानीय बासिन्दा समक्ष अपील समेत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);