मेसुट ओजिलले लगाएको आरोपको खण्डन | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

मेसुट ओजिलले लगाएको आरोपको खण्डन

काठमाडौं, ८ साउन । जर्मन फुटबल एसोसिएसन (डीएफबी) ले आफ्ना पूर्व मिडफिल्डर मेसुट ओजिलले लगाएको आरोपको खण्डन गरेको छ ।

ओजिलले आइतबार अन्तर्राष्ट्रिय फूटबलबाट सन्यासको घोषणा गर्दै आफूलाई डीएफबीले नस्लवादको शिकार बनाएको र अपमान गरेको आरोप लगाएका थिए । डीएफबीले विज्ञप्ति निकालेर ओजिलको आरोपको खण्डन गरेको हो ।

आर्सनलका फरर्वाड २९ बर्षिय ओजिलले जर्मनीले जित्दा मात्र आफू जर्मन भएको तर पराजित हुँदा आफू आप्रवासी हुने गरेको गुनासो पनि गरेका थिए । तर, डीएफबीले ओजिलको आरोपलाई खण्डन गर्दै खेलाडीलाई दुव्र्यवहारबाट जोगाउन काम गरिरहेको दाबी गरेको छ ।

डीएफबीले भनेको छ, ’नस्लवादसँग जोडेर लगाइएको आरोपको डीएफबी अस्वीकार गर्दछ । डीएफबी जर्मनीको एकीकरणमा धेरै बर्षबाट काम गर्दै आएको छ ।’ रुस विश्वकपमा उच्च प्रदर्शन गर्न नसकेपछि आलोचना खेपेका ओजिल पछिल्लो समय टर्कीका राष्ट्रपतिसँगको भेटले थप आलोचित बनेका थिए । रुस विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);