अवैध रुपमा मालवाहक ट्रकको भन्सार पास गराएको अभियोगमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

भैरवा, ४ भदौ । किर्ते प्रज्ञापन पत्र बनाएर अवैध रुपमा मालवाहक ट्रकको भन्सार पास गराएको अभियोगमा भैरहवा भन्सार कार्यालयका एजेण्ट जगतराज दाहाललाई पूर्पक्षका लागि थुनामा पठाइएको छ ।

भन्सार ऐनको दफा ५७ को उपदफा १ अन्र्तगत चोरी पैठारी गर्ने प्रयास गरेको अभियोगमा दाहाललाई १ वर्ष कैद र विगो अनुसारको जरिवाना दाबी गरिएको छ । भन्सारले करिब ५४ लाख विगो दाबी गरेको छ । किर्ते प्रज्ञापन पत्र बनाएर राजश्व घोटाला गर्ने नियतका साथ काम गरेको भन्दै भन्सार अधिकृत मानबहादुर विश्वकर्मासहित नासु सुवास शर्मा, खरिदारद्धय अतुल शर्मा र विनय जोशीलाई भन्सार विभागले निलम्ब गरेको छ । उनीहरुलाई सबै जिम्मेवारीबाट मुक्त गर्दै अनुसन्धान सम्पन्न नहुँदासम्म निलम्बन गरेको भन्सार विभागले जनाएको छ । त्यस्तै प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा बढी सामग्री फेला परेपछि भैरहवा भन्सार कार्यालयले साम्रगी आयत गर्ने माँ मनकामना इन्टरनेशनलका संचालक राजन तिमिल्सिनाको नाममा वारेण्ट जारी गरेको छ । भन्सार विभागका निर्देशक दिव्यराज पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन टोलीले घटनाको सोमबारसम्म प्रतिवेदन पेश गर्ने जनाएको छ ।

एउटै प्रज्ञापन पत्रबाट दुई वटा मालवाहक गाडीको राजश्व तिरेको प्रज्ञापन पत्रमा देखाएको र प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा बढी साम्रगी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले समेत छानविन गरिरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);