नेपालमा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल साईबर सेक्युरिटी समिट हुने | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

नेपालमा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल साईबर सेक्युरिटी समिट हुने

hackers

काठमाडौं, ७ साउन । नेपालमा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल साईबर सेक्युरिटी समिट हुने भएको छ । ‘बिल्डिङ ग्लोबल एलायन्स फर साईबर रिजेलियन्स’ भन्ने मूल नाराका साथ आगामी बिहीबार र शुक्रबार काठमाडौंमा ग्लोबल साईबर सेक्युरिटी समिट हुन लागेको हो ।

सम्मेलनमा साईबार कानुन, नीति र त्यसका सुरक्षाका विषयमा गहन छलफल हुने इन्फरमेसन सेक्युरिटी रेसपोन्स टीम नेपालका अध्यक्ष चिरञ्जीवि अधिकारीले जानकारी दिए ।

साईबर अपराधको घटना बढिरहेका बेला नेपालमा त्यस्ता जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्न समिट आयोजना गर्न लागिएको उनको भनाइ छ ।

सम्मेलनमा साईबर सुरक्षाको बारेमा प्राविधिक, कानुनी तथा जनचेतनामूलक कार्यक्रमका बारेमा ठोस धारणा तय गर्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);