चिकित्सा शिक्षा विधेयक संशोधन गर्न सकिने सरकारकाे संकेत | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

चिकित्सा शिक्षा विधेयक संशोधन गर्न सकिने सरकारकाे संकेत

giriraj mani pokheral

तेजना पण्डित
काठमाडौं, ७ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सरकारले संसदमा लगेको चिकित्सा शिक्षा विधेयक संशोधन गर्न सकिने बताएका छन् । मन्त्री पोखरेलले अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार लचिलो हुने बताएका हुन् । यद्यपि, सरकारले विधेयक फिर्ता लिन नसक्ने उनको भनाइ छ ।

डाक्टर केसीको जीवन रक्षाका लागि गम्भीर रहेको उनले बताए । त्यसका लागि राष्ट्रिय चिकित्सा विधेयकलाई सरकारले एकपटक संशोधन गरेर संसदमा ल्याएको उनले बताए

माथेमा आयोगमा भएकोमध्ये सरकारले सिटीइभिटीको स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोगबाट झिकेको, ३४ सदस्यीय कार्यदललाई १७ मा झारेको, कवुलीयत नामामा ५वर्ष सेवा गर्नुपर्ने व्यवस्था भएकोमा विद्यार्थीको अवस्थाको मध्यनजर गरी दुर्गममा २ बर्ष तथा सुगममा ३ बर्ष कायम गरी संसदमा पेस गरेको उनले बताए ।

अघिल्लो सरकारले ल्याएको विधेयक हुबहु कार्यान्वयन गर्नुपर्ने माग भने सम्बोधन गर्न नसकिने शिक्षामन्त्री पोखरेलको भनाइ छ ।

यता, डा. केसी पक्षधरले भने सरकार वार्ता गर्नसमेत उदाशिन देखिएको आरोप लगाएको छ । यसअघि भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक तोडमोड गरेको सरकारले वार्तामार्फत समाधान खोज्न नचाहेको उनीहरुको आरोप छ ।

सरकारले माथेमा कार्यदलको सुझाव प्रतिवेदन अनुसार विधेयक हुबहु पेश नगरेसम्म डा. केसीले अनशन नतोड्ने उनका प्रतिनिधिहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);