काठमाडौं, ७ साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी विगत २४ दिनदेखि आमरण अनसनमा छन् । डा. केसीको यो अनशन अहिलेसम्मकै लामो भएको छ ।
यसअघि ११ औं अनसनका क्रममा डा. केसी २३ दिन लामो अनसन बसेका थिए । उनँले गत वर्ष साउनमा २३ दिन लामो अनसन बसेका हुन् । तर त्यसबेला प्राकृतिक विपद् आएको भन्दै उनले २३ औं दिनमा आफ्नो अनसन अचानक स्थगित गरेका थिए । पन्ध्रौं अनसनसम्म आइपुग्दा डा. केसीको अनसन अझै केही दिन जारी रहने देखिएको छ ।
सरकार मागप्रति संवेदनशील नभएको भन्दै डा. केसी पक्षले पूर्ण म्यान्डेडसहितको वार्ता टोली गठन गर्न सरकारसित माग गरिरहेको छ । हाल गठित वार्ता टोलीसित समेत डा. केसी पक्षले वार्ता गर्न इन्कार गरेक छ । जसका कारण डा. केसीको यो अनसन थप लम्बिने देखिएको छ ।