बिपीको आज पनि उत्तिकै सम्मानका साथ स्मरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

बिपीको आज पनि उत्तिकै सम्मानका साथ स्मरण

Bp koirala

काठमाडौं, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला निधनको ३६ वर्ष हुँदासमेत राजनीतिक र साहित्यिक वृतमा उत्तिकै चर्चित छन् । नेपाली कांग्रेसका संस्थापक भएर पनि राष्ट्रियता प्रजातन्त्र र समाजवादका विषयमा दिएका विचारका कारण नेपालका कम्युनिष्ट पार्टी र परम्परागत राजावादी शक्तिलेसमेत बिपीलाई सम्मानका साथ स्मरण गर्नेगरेका छन् ।

समान्य मानिसले स्वतन्त्ररुपमा विचार राख्न र अध्ययन गर्नसमेत नपाउने जहानिया राणा शासनकालमा जन्मिएका बिपी कोइरालले ३६ वर्षको कलिलो उमेरमा राणा विरोधी आन्दोलनको नेतृत्व मात्र गरेनन् – त्यसलाई सफलनेतृत्व दिएर पार लगाउने काम गरेर विश्वलाई उदाहरण प्रस्तुत गरे । बाबु कृष्णप्रसादले सुरु गरेको राणा विरोधी अभियानमा समाज परिचालनको योजना र राजनीतिक दल निर्माण गरेका कोइरालले नेपाली समाजलाई हिडाउने राजनीतिक दर्शनसमेत कोरेका थिए ।

विश्वराजनीति लोकतान्त्रिक र कम्युनिष्ट दुई ध्रुवमा बाडिएका वेला नेपालमा प्रजातान्त्रिक समाजवाद नामको दर्शनमार्फत दुबै ध्रुवको फ्युजन गराएका बीपी काइरालाले सबैलाई समेट्न सफल भएकै कारण २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुइतिहाई बहुमत दिलाउन सफल भएका थिए । देशको प्रधानमन्त्री र नागरिक दुबैको हैसियतमा न्युनतम समानता आवश्यक हुन्छ भन्ने मान्यता राख्ने बिपी कोइरालले त्यसवेला हरेक परिवारलाई एकहल गोरु, एउटा दुहुनु गाई, खान पुग्ने अवस्था र छोराछोरीलाई पढाउने अवस्थाको परिकल्पना गरेका थिए ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएपछि विर्ता प्रथाको उन्मुलुन, उखडाप्रथाको उन्मुलन तथा जातीय छुवाछुत र भेदभावको उन्मुलन घोषणा गरेका बिपी कोइरालले जातीयता र आर्थिक हैसियतका आधारमा हुने अभिवादनलाई सुधार्नकै लागि ‘जयनेपाल’ अभिवादनको सुरुवात गरेका थिए । ब्राम्हणलाई पाउँ परे, क्षत्रीलाई सरण परे भन्ने जस्ता अभिवादनको अन्त्य गरेर जयनेपाल अभिवादनमार्फत सबैलाई सम्मानजनक अभिवादनको सुरुवात गराएका बिपीले दलित र मुस्लिम परिवारमा आफ्ना परिवारकै सदस्यको विवाह गराएर जातिय भेदभाव विरुद्धको आन्दोलन उत्कर्षमा पु¥याएका थिए ।

राणा विरोधी आन्दोलनबाट राजतन्त्र कमजोर मात्र नभएर अस्तित्व नैं संकटमा रहेका वेला राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक बन्ने भन्दै बिपीले जोगाएको राजतन्त्र उनै बीपका लागि भने अफावसिद्ध भयो । दुइतिहाइ बहुमतको कोइराला सरकारलाई राजाले नैं सैन्य ’कु’ मार्फत हटाइदिए त्यही घट्ना बीपीका लागि जीवन सबैभन्दा दुखद घट्ना बन्यो । राजालाई जनमत संग्रह गराउने, राज्यलाई अप्ठेरो पार्ने सबैखाले आन्दोलन सफल भएर पनि बिपीको जीवन संघर्षकै मैदानमा पर्ण विराम लाग्यो ।

१९७१ साल भदौ २४ गते पिता कृष्णप्रसाद र माता दिव्या कोइरालाबाट जन्मिएका बिपीकोइरालाको २०३९ साल साउन छ गते निधन भयो । कोइरालाको आजपनि उत्तिकै स्मरण गरिएपनि कोइरालाको राजनीतिक दर्शनको अभ्यास अहिलेसम्म हुन नसकेको बहस राजनीतिक बृत्तमा भइनै रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);