विमा समितिले लघु विमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

काठमाडौं, ६ साउन । विमा समितिले लघु विमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने घोषणा गरेको छ ।

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा विमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले आगामी एक वर्ष लघु विमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने नीति लिइएको जानकारी दिएका हुन् । उनले विमक संघ र वित्तिय संस्थाहरुसँग सहकार्य गरेर लघु विमा कार्यक्रमलाई व्यापक बनाउने बताए । विमा क्षेत्रको संस्थागत सुशासनका लागि २२ जना कर्मचारी थप गर्नुपरेको स्पष्ट पारे ।

अध्यक्ष चापागाईंले प्रमाण पत्र नियमावली अनुसार विमा प्रशिक्षण कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन विमा कम्पनीहरुलाई सचेत गराए ।