तीन बर्ष बितिसक्यो थोत्रा त्रिपालमै छन् प्रहरी | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

तीन बर्ष बितिसक्यो थोत्रा त्रिपालमै छन् प्रहरी

tripal

धादिङ, ६ साउन । भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुँदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् ।

जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् । तीन बर्ष बितिसक्दा पनि प्रहरीले ओत लाग्ने छानो नपाएका हुन् । थोत्रा टेन्टमा बस्दा बर्षातको समयमा सर्प, लामखुट्टे र कीरा फट्याङग्रालगायतको टोकाइबाट प्रहरी पिडित छन्, केहीमा छालाको रोगको समस्या देखा परेको छु, जिल्ला प्रहरीका एक अधिकृतले भने ।

जिल्लाका २४ वटै प्रहरी इकाईका नाममा जग्गा भए पनि भवन भत्केर बिजोग छ । आजको कान्तिपुरको पृष्ठ १३ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);