'न्यायमा सबैको पहुँच पुर्‍याउन आवश्यक' | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

‘न्यायमा सबैको पहुँच पुर्‍याउन आवश्यक’

काठमाडौं, ४ साउन । न्यायमा सबैको पहुँच पुर्‍याउन आवश्वक रहेको पूर्व महान्यायाधिवक्ता लक्ष्मीबहादुर निरालाले बताएका छन् । उनले न्यायिक प्रक्रियालाई सहज बनाउन यसमा संलग्न सबैले विचार पुराउनुपर्ने खाँचो औल्याए । न्यायिक प्रक्रियामा सुधार गरेर जनताको चाहना अनुकुलको न्याय व्यवस्थापनका लागि सम्बद्ध क्षेत्रले आवश्यक पहल नगरेसम्म सुधार हुन नसक्ने उनले बताए । न्यायालयमा बिचौलीयाको बिगबिगी नियन्त्रण गर्न अति आवश्यक रहेको औल्याउँदै कानुन अनुसार जनताले छिटो छरितो न्याय पाउनुपर्नेमा उनले जोड दिए । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने ‘माउन्टेन संवाद’ कार्यक्रममा कार्यक्रम प्रस्तोता बालकृष्ण प्रसादसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । थप कुराकानी सुन्नकालागि भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);