काठमाडौं, ४ साउन । कर्मचारीको हकका नाममा खोलिएका टेड युनियनका कर्मचारी नेताहरु पहुँच र प्रभावको भरमा सधैँ कमाउ अड्डामा पदस्थापन हुने गरेका छन् ।
दलसँग निकट टेड युनियन र आधिकारिक टेड युनियनमा आबद्ध अधिकांश पादधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन् । अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाग, यातायात व्यवस्था जस्ता कार्यालयमा टेड युनियनका नेताहरुले सरुवा मिलाउने गरेका छन् ।
ती कार्यालयलाई निजामति कर्मचारी आकर्षक भन्सार भन्छन् । यस्ता कार्यलयमा सरुवा हुन दलका नेता मन्त्रीसम्मको पहुँच र प्रभाव चाहिन्छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।