काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले बिहीबारबाट लागू हुने गरी मार्जिन कलसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले सुरक्षणमा राखेको सेयरको मूल्य २० प्रतिशतले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था लागू गरेको हो । यसअघि यो सीमा १० प्रतिशत मात्रै रहेको थियो ।
साथै सुरक्षणमा राखिएको सेयरको मूल्य कुल कर्जा बक्यौता रकमको १.६ गुणाभन्दा बढी भएको अवस्थामा यस्तो मार्जिन कल गर्नुपर्ने छैन ।
त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पूँजीको बढिमा ४० प्रतिशतसम्म सेयर धितोमा ऋण दिन पाउने ब्यवस्थालाई संशोधन गरी २५ प्रतिशतमा झारेको छ । यो व्यवस्था कार्यान्वयनका लागि पुस मसान्तसम्मको समय दिइएको छ ।





