भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु

ecan

काठमाडौं, ३ साउन । बिहिबारदेखि भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु भएको छ । गुणस्तरीय शिक्षाका लागि विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिने उद्देश्यका साथ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा १२ औं इक्यान शैक्षिक मेला काठमाडौको भृकुटीमण्डपमा सुरुभएको छ ।

४ दिनसम्म चल्ने मेलाको उदघाटन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शैक्षिक परामर्श दाताहरुलाई नेपाललाई शैक्षिक हर्व बनाउने सरकारको योजनामा साथ दिन आग्रह गरे ।

मेलामा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्ने सरकारको लक्ष्य रहनुका साथै मेलाले उच्च शिक्षा हासिलका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई पर्याप्त जानकारी दिने दाबी गरे।

शैक्षिकमेलामा भारत, चीन, अमेरिका, जापान, अष्ट्रेलिया लगायतका गुणस्तरीय शिक्षा दिने विश्वविद्यालयहरु सहभागी रहेका छन ।