स्थानीयले अतिक्रमण गरेको २७ हेक्टर जग्गा फिर्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

स्थानीयले अतिक्रमण गरेको २७ हेक्टर जग्गा फिर्ता

jagga

अनुप तिवारी ।
पर्सा, ३ साउन
। स्थानीयले अतिक्रमण गरेको पर्साको सबैया साझेदारी वनको जग्गा वन कार्यालयले आफ्नो मातहतमा ल्याएको छ । २७ हेक्टर जग्गा आफ्नो मातहतमा ल्याएर कार्यालयले वृक्षारोपन सुरु गरेको छ ।

पर्साको सबैया साझेदारी वनको २७ हेक्टर जग्गा स्थानीयले अतिक्रमण गरेका थिए । झण्डै चार दशकपछि जिल्ला वन कार्यालयले अतिक्रमण गरेको जग्गा आफ्नो मातहतमा ल्याएको छ । सबैया साझेदारी वन व्यवस्थापन समुहको सकृयतामा वन कार्यालयले आफ्नो मातहतमा ल्याएको हो । कार्यालयले अहिले सो जग्गामा वृक्षारोपन सुरु गरेको छ ।

अतिक्रमण मुक्त गरिएको जग्गामा तारबार लगाइएको छ । सो जग्गामा जिल्ला वन कार्यालय, राष्ट्रपती चुरे संरक्षण तथा साझेदारी वन समुहको बजेटमा वृक्षारोपन सुरु गरिएको छ ।

पर्साको अधिकांश वनको भाग पर्सा र चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती वनमा गाभिएकोले जिल्ला वन कार्यालय अन्तर्गत ८ हजार हेक्टर मात्र रहेको छ । कार्यालयको तथ्यंक अनुसार पर्सामा ३ सय ६० हेक्टर वनको जग्गा अझै अतिक्रमणमा परेको छ ।