चितवन, १ साउन । पवित्र तीर्थस्थल देवघाटधाम लगायतका तीर्थस्थलहरुमा श्रावण मेला सुरु भएको छ । नेपालकै पवित्र तीर्थस्थलसमेत रहेको देवघाट धाममा कर्कट संक्रान्ती स्नान गर्ने भक्तजनको भीड लागेको हो ।
हिन्दूधर्म संस्कार अनुसार श्रावण महिनालाई पवित्र महिनाका रूपमा लिने गरिन्छ । श्रावण महिना वर्षाको महिना पनि हो । प्रकृति स्वयम्ले नै जलधारा गर्ने महिना भएकोले र जलधारा प्रिय देव भएकोले शिव र श्रावण महिनाको संवन्ध प्रिय रहेको पाइन्छ । साथै सोमबारको अधिष्ठ देवता भगवान शंकर भएकाले पनि सोमबार र शिवको संवन्ध निकट रहेको पाइन्छ ।