बुटवल, ३२ असार । प्रदेश ५ को प्रदेशसभा सदस्यहरुले कृषकहरुलाई रासायनिक मलको अभाव भएकाले तत्काल मलको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सभाको सोमबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले खेतीको समयमा मलको अभाव भएकाले तत्काल मलको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानकर्षण गराएका हुन् ।
सांसदहरुले कपिलवस्तको सीमामा भारतको बाँधले पारेको असर, मध्यपहाडी लोकमार्ग क्षेत्रको सडक अवरुद्ध लगायका बिषयमा प्रदेश सरकार मार्फत संघीय सरकारको समेत ध्यानाकर्षण गराएका थिए । सांसदहरुले प्रदेशको स्थायी मुकाम र नामाकरणमा ढिलाई नगर्न समेत माग गरेका छन् ।