एजेन्सी, ३२ असार । विम्बल्डन टेनिसको उपाधि सर्बियाका नोभाक जोकोभिकले जितेका छन् । ३१ वर्षिय जोकोभिकले दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई ६–२, ६–२ र ७–६ को सोझो सेटमा पराजित गरी चौंथोपटक विम्बल्डन टेनिसको उपाधि जितेका हुन् ।
जोकोभिकले यसअघि सन् २०११, २०१४ र २०१५ मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए । जोकोभिकको यो १३ औं ग्राण्ड स्लाम उपाधि हो ।
सन् २०१६ मा फ्रेन्च ओपनको उपाधि जितेयता जोकोभिकले महत्वपूर्ण उपाधि जित्न सकेका थिएनन् । पुरुषतर्फ ग्राण्डस्लाम उपाधि धेरैपटक जित्ने खेलाडीको सूचिमा जोकोभिक चौंथो स्थानमा छन् ।