एजेन्सी, ३२ असार । क्रोएसियाका कप्तान लुका मोडरिच विश्वकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका छन्।
१९९१ स्वतन्त्र राष्ट्र बनेको क्रोएसियालाई पहिलो पटक विश्वकप फाइनल पुर्याउन प्रेरणादायी भूमिका खेलेका मोडरिचले प्रतियोगितामा २ गोल गरेका थिए । उनले समूह चरणको पहिलो खेलमा नाइजेरियाविरुद्ध र दोस्रो खेलमा अर्जेन्टिनाविरुद्ध समान १-१ गोल गरेका थिए।
त्यस्तै फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले प्रतियोगिताको युवा खेलाडीको अवार्ड जिते । इङ्ल्यान्डका कप्तान ह्यारी केनले उच्च गोलकर्ताको पुरस्कार पाए । प्रतियोगितामा ६ गोल गरेका केनले गोल्डेन बुट जितेका हुन् ।
यता बेल्जियमका गोलकिपर थियाबाउट कोर्टोइसले गोल्डन ग्लोभ्स पाए । कोर्टोइसले समूहचरणमा मात्र २ गोल खाएका थिए । बेल्जियम १६ गोलका साथ प्रतियोगिताकै सर्वाधिक गोल गर्ने टोली बन्दा कोर्टोइसले ७ खेलमा ६ गोल मात्र खाएका थिए।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।