गाजामा सन् २०१४ यताकै ठूलो आक्रमण : इजरेल | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

गाजामा सन् २०१४ यताकै ठूलो आक्रमण : इजरेल

hamas attack

एजेन्सी, ३१ असार । इजरेलले हमास लडाकु समूहविरुद्ध गाजामा सन् २०१४ यताकै ठूलो आक्रमण गरेको दाबी गरेको छ । इजरेलमा रकेट प्रहार भएपछि हमासविरुद्ध जवाफी कार्बाही गरिएको इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको भनाइ छ । नेतान्याहुले आवश्यक परे थप कार्बाही गर्ने चेतावनीसमेत दिएका छन् ।

हमास लडाकुले ९० भन्दा बढी रकेट प्राहार गरपछि इजरेलले जवाफी आक्रमण गरेको छ । प्लेस्टाइनको गाजा शहरमा हमाश लडाकुविरुद्ध गरेको जवाफी कार्बाही सन् २०१४ यताकै ठूलो भएको जनाइएको छ । आक्रमणमा २ जनाको मृत्यु भएको छ भने १२ जना भन्दा बढि घाइते भएका छन् । गाजा क्षेत्रको स्वामित्वलाई लिएर लामो समय देखि दुबै पक्षबीच विवाद र भैझगडा हुँदै आएको छ ।

हमाश लडाकुहरुको ९० भन्दा बढि रकेटको जवाफमा हमाश विद्रोहिहरुको दर्जनौ अड्डामा इजरेली सेनाले आक्रमण गरेको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भनाई छ । इजरेलले आवश्यक भए थप आक्रमण गर्ने चेतवानी दिएको छ । जबकी इजिप्ट र अन्तर्राष्ट्रिय समुदायको प्रयासमा युद्ध विराम सम्झौता भएको प्यालेस्टिनी अधिकारीहरुको दाबी छ ।

इजरेली रक्षाबल आइडिएफले हमासका महत्वपुर्ण स्थान, बेट लाहियामा बटालियनको एउटा मुख्यालय, उत्तरी गाजास्थित हमासको ट्रेनिङ क्याम्प र हतियार भण्डारण सँगसँगै रकेट लन्चरलाई इजरेली सेनाले निशाना बनाएको जनाएको छ ।

सिमा क्षेत्रमा प्रदर्शन जारीनै छ । प्लेस्टिनीहरुले इजरेलमा भएको उनीहरुको पुस्तेनी घरमा फर्किन पाउनुपर्ने अडान राखि प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनकारीहरुले इजरेल र मिश्रको तर्फबाट लगाइएको नाकाबन्दी हटाउनुपर्ने माग राखेका छन् । तर, इजरेल र मिश्रले विद्रोहीको सुरक्षालाई ध्यानमा राखि नाकाबन्दी गरिएको दाबी गरेको छ ।

गाजा क्षेत्रको समस्या संयुक्त राष्ट्रसंघमा प्रवेश पाएता पनि समस्याको निराकरणतर्फ ठोस कदम नहुनु तथा दुबैतिर इजरेल र प्लेस्टिनीको अडानले गर्दा बेलाबखत विवाद हुँदा एक अर्कामाथि प्रहार गर्ने कामले गाजा क्षेत्रमा अशान्ति बढेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);