२० सरकारी कर्मचारीलाई स्नातकोत्तर तह पढ्न जापानको २७ करोड ४१ लाख अनुदान | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

२० सरकारी कर्मचारीलाई स्नातकोत्तर तह पढ्न जापानको २७ करोड ४१ लाख अनुदान

nepali money

काठमाडौं, २९ असार । जापानले २० जना सरकारी कर्मचारीलाई २७ करोड ४१ लाख छात्रवृत्ति दिने भएको छ ।

जापानले मानव संशाधन विकासका लागि सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्न २७ करोड ४१ लाख छात्रवृत्ति दिने भएको हो । छात्रवृत्तिअन्तर्गत निजामती कर्मचारीहरुले जापानका नाम चलेका विश्वविद्यालयमा अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास तथा कानूनी नीतिजस्ता विषयमा स्नातकोत्तर तहको अध्ययन गर्न पाउने छन् । जापानले निजामती कर्मचारीहरुलाई विगत तीन वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

छात्रवृत्ति सहायतासम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतामा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरे । जापानी राजदूत साइगोले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले नेपालको सामाजिक–आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);