सरकारले मल उत्पादनका लागि कृषकहरुलाई अनुदान दिने | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

सरकारले मल उत्पादनका लागि कृषकहरुलाई अनुदान दिने

chakrapani-khanal

काठमाडौं, २८ असार । सरकारले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरुलाई अनुदान दिने घोषणा गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरुलाई अनुदान दिने घोषणा गरेका हुन् ।

उनले जैविक खेतीको उत्थानका लागि विषाधि नियन्त्रण गर्न आवश्यक योजना बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री खनालले विभिन्न मुलुकबाट नेपालमा आयात भईरहेको मलको गुणस्तर चेकजाँचका लागि आवश्यक प्रविधिको विकासमा पनि सरकारले जोड दिने नीति लिएको स्पष्ट पारे ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा जैविक खेती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा जैविक खेतीको उत्थानका लागि प्रदेश नम्बर ६ लाई मुख्य केन्द्र बनाएर सरकारले विभिन्न अभियान संचालन गर्ने योजना अघि सारे । मन्त्री खनालले रसायनिक मलको आयातमा रोकावट गरेर अघि बढे नेपालमा जैविक खेतीले ठूलो लाभ दिने बताए ।

मन्त्री खनालले नेपालमा कृषि उत्पादन बढाउन लगानी बढाउनुपर्ने स्पष्ट पारे । नेपालमा हाल कृषि क्षेत्रमा कूल बजेटको २ दशमलव ९ प्रतिशत मात्रै लगानी हुने गरेको छ । मन्त्री खनालले सरकारले कृषि उत्पादन बढाउन लगानीमा बढाउँदै लैजाने नीति लिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);