उपसमितिले तयार पारेको कार्यविधि सुझाव सहित पारित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

उपसमितिले तयार पारेको कार्यविधि सुझाव सहित पारित

sadan

काठमाडौं, २८ असार । संसदीय सुनुवाई विशेष समितिको बिहिबार बसेको बैठकले कार्यविधि पारित गरेको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले तयार पारेको कार्यविधिलाई सुझावसहित पारित गरेको हो । कार्यविधिमा सुनुवाईका लागि सिफारिस गरिएकाहरुलाई समितिको दुई तिहाई बहुमतले खारेज गर्ने व्यवस्था पनि गरिएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए ।

त्यसैगरी सुनुवाई गर्ने क्रममा सिफारिसमा परेकाहरुले जनाएको प्रतिवद्धता अनुसार काम भए÷नभएको सम्बन्धित निकायसँग सोधपुछ गर्ने व्यवस्था पनि कार्यबिधिमा तय गरिएको छ ।

कार्यविधिमा सिफारिसमा परेका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई पनि सहभागी गराउने उल्लेख गरिएको छ ।

समितिका सदस्य भट्टराईले सुनुवाई प्रक्रियालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने व्यवस्था गरिएको बताए । गत मंगलबार बसेको समितिको पहिलो बैठकले कार्यविधि तय गर्न भट्टराई, शिवकुमार मण्डल केवट र पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।

समितिले आजैबाट प्रधानन्यायाधिशमा सिफारिस दिपकराज जोशीको सुनुवाई प्रक्रिया पनि सुरु गरेको छ । आजै सूचना जारी गरेर प्रधानन्यायाधिशमा सिफारिस जोशीको सुनुवाई प्रक्रिया सुरु गरिएको पनि समितिका सदस्य भट्टराईले जानकारी दिए ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);