शम्भू माली
कपिलवस्तु, २७ असार । कपिलवस्तु नगरपालिकामा लामखुट्टेबाट जोगिन नगरभित्र ग्यास छर्किएको छ । लामखुट्टेबाट मलेरिया रोग मानिसमा सर्ने भएकाले लामखुट्टे नियन्त्रण गर्न नगरभित्र ग्यास छर्किने अभियान चलाएको हो ।
अभियान अन्तर्गत नगरपालिकाले लामखुट्टे नष्ट गर्न नगरभित्र ग्यास छर्किएको हो । तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट नागरिकको मृत्यु हुने क्रम बढेपछि नगरपालिकाले नगरभित्र ग्यास छर्किएको हो ।
लामखुट्टे नियन्त्रण गर्न १३ लाखमा मेसिन र ग्यास खरिद गरेर अभियान चलाइएको हो । गर्मीको समयमा कपिलवस्तुका अधिकांश नागरिक घर बाहिर सुत्ने भएकाले लामखुट्टेको टोकाइबाट मलेरिया रोग सर्ने गरेको छ । ग्यास छर्किएपछि लामखुट्टे नियन्त्रण हुने स्थानीयको विश्वास छ ।