आपराधिक गतिविधि नियन्त्रण गर्न दार्चुलामा दुई देशका सुरक्षा अधिकारीबीच छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

आपराधिक गतिविधि नियन्त्रण गर्न दार्चुलामा दुई देशका सुरक्षा अधिकारीबीच छलफल हुने

darchula d

बाशुदेव बडू,
दार्चुला, २६ असार । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दार्चुलामा दुई देशका सुरक्षा अधिकारीबीच छलफल हुने भएको छ । छलफलमा एसएसबीको दादागिरी अन्त्यको पहल गर्न दार्चुलाबसीले माग गरेका छन् ।

नेपालको दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीबीच आगामी बिहिबार दार्चुला सदरमुकाम खलंगामा बैठक बस्न लागेको हो । प्रत्येक बर्ष आलोपालो दुई देशका सुरक्षा अधिकारीबीच सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न बैठक बस्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयले बैठकमा उठाउने विषयमा सुझाव संकलन गरेको छ ।

छलफलमा सरोकारवालाले भारतले महाकाली नदीमा बनाउँदै आएको काठे पुल,चोरी निकासी, भारतीय सेनाको हेलिकप्टर मनमानी ढंगले दार्चुलामा उडान गर्ने लगायतका विषय उठाउन सुझाव दिएका छन् । भारतको धौलीगंगा जलविद्युत आयोजनाले पूर्व सुचना बिना पानी छोड्ने गरेको दार्चुलामा बाढी पहिरोको जोखिम रहेकाले सो विषय उठाउन उनीहरुले जोड दिएका छन् । सीमा क्षेत्रमा तैनात भारतीय सुरक्षा बल एसएसबीको दादागिरी अन्त्यको पहल गर्न पनि स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);