हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

udyog mantralaya

काठमाडौं, २६ असार । सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी पुनः थालेको छ ।  समारचार अनुसार, झन्डै डेढ दशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरेको हो ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकले उद्योग सञ्चालनका लागि तयारी अगाडि बढाउन भन्दै सात सदस्यीय अध्ययन कार्यदल समेत गठन गरेको छ । कार्यदलले हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र मन्त्रालय समक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ । आजको नागरिक दैनिकमा यो समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);