कांग्रेसलाई पूरानै अवस्थामा फर्काउने सभापति देउवाको दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पूरानै अवस्थामा फर्काउने दाबी गरेका छन् । सोमबार काठमाडौंमा पार्टीका पूराना नेता तथा कार्यकतासँगको सामूहिक भेटमा कांग्रेस सभापति देउवाले विगतका कमजोरीलाई स्विकार गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।

सभापति देउवाले अन्तरघातमुक्त बलियो पार्टी बनाउने घोषणासमेत गरे ।  उनले चुनाव हार्नुको बास्तविकतालाई पार्टी भित्रैबाट ढाकछोप गर्ने गरेको गुनासो पनि गरे ।

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रलाई बचाउन पनि नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले सभापति देउवाले पार्टीलाई बलियो बनाउने दिशामा कुनै कदम चाल्न नसकेको आरोप लगाए । नेता पौडेलले पार्टीलाई बलियो बनाउन आफूले दिएको सुझाव सभापति देउवाले कार्यान्वयन गर्न नचाहेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);