सांसदहरुले उठाएको प्रश्नमा विभागिय मन्त्रीहरुको जवाफ | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

सांसदहरुले उठाएको प्रश्नमा विभागिय मन्त्रीहरुको जवाफ

samsad

काठमाडौं, २५ असार । आ–आफ्नो मन्त्रालयगत विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नमा विभागिय मन्त्रीहरुले जवाफ दिएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा मन्त्रीहरुले विभन्न क्षेत्रमा गरिएको बजेट विनियोनको कारण स्पष्ट पार्ने कोसिस गरे ।

सोमबारको राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी बर्षमा कम्तीमा १ लाख युवालाई रोगारी दिने गरी बजेट विनियोजन गरिएको दाबी गरे । उनँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत रहेर रोजगारीको अवसरलाई आधारभुत तहसम्म पु¥याइने बताए । ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापना गरिने उनको भनाइ छ । त्यस्तै उनले विप्रेषणलाई बैकिङ प्रणालीबाट भित्र्याउने, बैदेशिक रोजगारीमा जाने युवालाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने तर्फ सरकार सचेत रहेको बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले आगामी बर्षभित्र सबै प्रदेशमा सुविधा सम्पन्न जेष्ठ नागरिक आश्रम बनाउने बताए । मन्त्री थापाले हाल जेष्ठ नागरिकहरुका लागि देशका विभिन्न भागमा ८७ वटा दिवा सेवा केन्द्र सञ्चालनमा रहेको जानकारी दिए । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य विमाको व्यवस्था गर्न सरकारले बजेट विनियोजन गरेको उनले स्पष्ट पारे। त्यस्तै महिलाहिंसाविरुद्ध कडा कदम चाल्ने, राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउने, सबै स्थानीय तहमा महिला डेस्क स्थापना गर्ने उनको भनाइ छ ।

खानेपानी मन्त्री विना मगरले तीन बर्ष भित्र सबैलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने गरि योजना तर्जुमा गरिएको जानकारी दिए । ७७ वटै जिल्ला र सबै स्थानीय तहमा रहेको खानेपानीको समस्या र चुनौतिको खोजी गर्दै निक्र्यौलमा पुग्ने उनँको भनाइ छ । उनले एक घर एक धारा र एक घर एक शौचालयको कार्यनीति अनुसार ७७ वटै जिल्लामा क्रमागत रुपमा रहेका ३२ सय ४९ उच्च प्रविधियुक्त खानेपानी आयोजनाहरु र तराई मधेसमा आर्सेनिकमुक्त खानेपानी वितरणको व्यवस्था मिलाउन त्यस क्षेत्रका २१ जिल्लामा ६ सय ३७ आयोजनाहरु प्रदेशस्तरबाट सञ्चालनमा आउने गरि प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);