सुवास आचार्य,
बागलुङ, २४ असार । पछिल्लो समय परम्परागत आरन पेशा लोप हुने अवस्थामा पुगेको छ । तर बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका गोपीराम विश्वकर्मा आरान पेशाको संरक्षणमा जुटेका छन् ।
प्रविधिको विकास सँगै आरन पेशा लोप हुन अवस्थामा पुगेको हो । र बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका गोपीराम विश्वकर्मा आरान पेशाको संरक्षणमा जुटेका छन् । उनले हसिँया, कोदालो, करौँती, दाउ, चुलेसी, खुकुरी, खन्ती, बाउसो लगायतका सामाग्री बनाउने गरेका छन् । उनँले आरन पेशाबाटै राम्रो आम्दानी समेत गर्न सफल हुनु भएको छ । उनले एउटा खुकुरी ३ हजारदेखि ५ हजार रुपैँयामा बिक्री गर्दै आएका छन् । फलामका सामान बनाउन उनले नयाँ प्रविधिको प्रयोग समेत गरेका छन् । तर माग धेरै भएकाले निर्माण गर्न नकिएको उनँको भनाइ छ ।
गोपीरामको आरनमा तीन जनाले रोजगार समेत पाएका छन् । युवाहरु रोजगारीका लागि विदेश पलायन भएकाले पनि आरन पेशा लोप हुने अवस्थामा पुगेको हो । काम गरे वापत अन्न दिने परम्परालाई तोड्ने हो भने युवाको पनि आरन पेशामा आर्कषण भढ्ने गोपीरामाको विश्वास छ ।