देउवा सरकारका नियुक्ति खारेपछि नयाँका लागि दौडधूप | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

देउवा सरकारका नियुक्ति खारेपछि नयाँका लागि दौडधूप

mantriparisad offc

काठमाडौं, २४ असार । अघिल्लो सरकारले गरेका झण्डै चार दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसँगै रिक्त पदमा पुग्न दौडधूप सुरु भएको छ।

महत्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरू सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो। मन्त्रिपरिषद् कार्यालयले शुक्रबारै २० वटा मन्त्रालय र मातहत निकायलाई पत्राचार गरी राजनीतिक नियुक्ति खारेजीको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशनसँगै मन्त्रालयहरूले खारेजीमा परेका पदाधिकारीलाई अवकाश पत्र थमाउने तयारी थालिसकेका छन्। सरकारले शुक्रबारै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएको पत्र पठाइसकिएको जानकारी दिएको छ।

सरकारले रिक्त पदमा भनसुनका आधारमा आफूनिकटलाई नियुक्ति दिनुभन्दा दक्ष र योग्य व्यक्तिलाई लैजानुपर्नेमा विज्ञहरूले आग्रह गरेका छन्। योग्य व्यक्तिलाई पाखा लगाउने र निकटस्थलाई नै शासन सञ्चालनमा लैजाने प्रवृत्तिले संघीय शासन प्रणालीलाई नै विकृत बनाउन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।,यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।