दुई सातादेखि गुफाभित्र फसेका किशोरले लेखे चिट्ठी, चिन्ता नलिन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

दुई सातादेखि गुफाभित्र फसेका किशोरले लेखे चिट्ठी, चिन्ता नलिन आग्रह

एजेन्सी, २३ असार । झण्डै दुईहप्तादेखि थाइल्याण्डको गुफामा फँसेका १२ किशोरले आफ्ना अभिभावकलाई चिट्ठी लेख्दै चिन्ता नलिन आग्रह गरेका छन् । केही किशोरले आफू जसरी भएपनि बाहिर आउने भन्दै बताएका छन् भने केहीले आफूलाई मन पर्ने खाना मगाएका छन् ।

उत्तरी थाइल्याण्डस्थित एउटा गुफामा फँसेको करिब २ सातापछि १२ किशारले आफ्ना आमाबुवालाई भावुक शब्दमा चिट्ठी लेखेका छन् । केही किशोरले लेखेका छन्, ‘तपाईंहरु चिन्ता नलिनु, हामी सबै बहादुर छौँ ।’

केही किशोरले चाहिँ आफूलाई मन पर्ने खानेकुरा मगाएका छन् । शनिबार विहान थाइल्याण्डको नेवीस्थित एक उद्धार टोलीले गुफाभित्र रहेका किशोरहरुले लेखेका चिट्ठी लिएर फर्किएका थिए । यसअघि उद्धार टोलीका वरिष्ठ अधिकारीहरुले किशोरहरुलाई सास फेर्न सजिलो होस् भनेर अक्सीजनको लाइन बिछ्याइदिएका छन् ।

सबै किशोर र उनीहरुका प्रशिक्षक २३ जुनमा फुटबलको अभ्यासपछि गुफा हेर्न गएका थिए । तर, बाढीका कारण सबै गुफाभित्र फस्न पुगे । नौ दिनपछि उद्धारकर्ताहरुको एउटा दलले किशोरहरुलाई जिवितै फेला पारेको थियो ।

किशोरहरूबाहेक उनीहरुका २५ वर्षीय प्रशिक्षक इक्कापोल चान्तावाँगले पनि छुट्टै पत्र लेखेर अभिभावकहरूसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘सबै परिवारजनलाई म भन्न चाहान्छु कि सबै बच्चा सुरक्षित छन्, जे भयो त्यसका लागि म सबैसँग माफी माग्न चाहान्छु ।’ तर, अभिभावकहरूले आफूलाई दोषी नठान्न उनलाई भनेका छन् ।

गुफाको प्रवेशद्वारभन्दा करिब ४ किलोमिटर भित्र किशोरहरुको यो समूह फँसेको छ । उनीहरुका लागि त्यहीँ खाना, पानी, औषधि र अक्सीजन पु¥याइएको छ । तर, जहाँ यी किशोर फँसेका छन्, त्यहाँ उनीहरुसम्म पुग्न पानीको बहाव काट्नुपर्ने हुन्छ ।

जुन यति खतरापूर्ण छ कि कसैले अन्दाज नै लगाउन नसक्ने अधिकारीहरुले बताएका छन् । शुक्रबारमात्रै एक उद्धारकर्ता समन गुननको डुबेर मुत्यु भएको छ ।

थाइल्याण्डको मौसम विभागले आइतबार भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । यसलाई लिएर अभिभावकदेखि उद्धारकर्तासमेत चिन्तित बनेका छन् । किशोरहरुको उद्धारका लागि अझै केही समय लाग्ने बताइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);