नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको नियमावलीलाई अन्तिम रुप दिन छलफलमा | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको नियमावलीलाई अन्तिम रुप दिन छलफलमा

nekapa

काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको नियमावलीलाई अन्तिम रुप दिन छलफलमा जुटेको छ ।

नियमावलीलाई अन्तिम रुप दिन नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । नियमावलीको अभावमा भातृ संस्थाको एकीकरण प्रक्रिया रोकिएका कारण नेकपा नियमावलीलाई अन्तिम रुपदिन जुटेको हो । गत विहिबार बसेको पार्टीको स्थायी समितिको बैठकले प्राप्त सुझाव समेटी नियमावलीलाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई दिएको थियो ।

अलग अलग सुझावलाई नियमावलीमा कसरी समेट्ने भन्ने बारेमा छलफल भइरहेको नेताहरुले बताएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएकामा तीन महिनाभित्र सबै जिल्ला र जनसंगठन तथा मातहतका कमिटीको एकता गर्ने सहमति भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);