सरकार निरंकुश हँदैछ, शासकीय स्वरुप बदल्न दिंदैनौं : रामचन्द्र पौडेल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

सरकार निरंकुश हँदैछ, शासकीय स्वरुप बदल्न दिंदैनौं : रामचन्द्र पौडेल (भिडियो सहित)

ramchandra paudel

काठमाडौं, २२ असार । नेपाली राजनीतिको इतिहासमा नेपाली काँग्रेस अविस्मरणीय पार्टी हो । ६८ वर्ष भन्दा पुरानो पार्टी अहिले प्रमुख प्रतिपक्षमा खुम्चिएको छ । काँग्रेस अहिले इतिहासकै कम्जोर स्थितिमा छ भन्ने विश्लेषण भईरहेको छ । कार्यक्रम ‘खरो प्रस्न’मा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो चुनावमा पार्टीको पराजयमा अनुभवले फेल खाएको बताए । पौडेलले पार्टी कम्जोर भनेर जसरी हल्ला गरिएको छ, वैचारिक रुपले कम्जोर चै होइन, सैदान्तिक रुपले नेपाली कांग्रेसको विजय भएको छ तर, संगठनात्मक र गणितीय रुपले पार्टी कम्जोर देखिएको बताए । पौडेलले पार्टी सभापतिले पहिलेनै आफ्नो कमजोरी स्वीकारेको भए अहिले सम्म पार्टी सकारात्मक दिशामा अगाडी बढीसक्थ्यो र यो अलमल पनि हुदैनथ्यो भन्ने प्रस्ट पारे । नेपाली काँग्रेस के कारणले कम्जोर भएको हो । के साच्चिकै काँग्रेस इतिहासकै सबैभन्दा कम्जोर भएको हो वा आलोचना मात्र गरिएको हो । काँग्रेसलाई कसले कम्जोर बनायो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);