राष्ट्रिय चिकित्सा विधेयक परिमार्जनसहित पुनः पेश हुने | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

राष्ट्रिय चिकित्सा विधेयक परिमार्जनसहित पुनः पेश हुने

samsad bhawan

काठमाडौं, २१ असार । सरकारले संसदमा लगेको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिएर परिमार्जनसहित पुनः पेश गर्ने भएको छ । बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले विधेयक फिर्ता लिने र परिमार्जनसहित पुनः पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यसअघि सरकारले संसदमा लगेको विधेयक अगाडि नबढेपछि उक्त अध्यादेश, अनुमोदन हुनुपर्ने ६० दिने संवैधानिक सीमाअनुसार बुधवार मध्यरातबाट निष्क्रिय भएको छ । त्यसैले नयाँ विधेयक मन्त्रिपरिषद्बाट अनुमोदन गराइएको र शुक्रबार संसदमा दर्ता गर्ने तयारी गरिएको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले जानकारी दिए ।

मेडिकल कलेज खोल्ने तथा सम्बन्धनलगायतका अध्यादेशका प्रावधान नसमेटी ल्याइएको प्रतिस्थापन विधेयकको चर्को विरोध भएको थियो । काठमाडौँ उपत्यकामा मेडिकल कलेज १० वर्षसम्म खोल्न नपाउने, एउटै विश्वविद्यालयले पाँचवटा भन्दा मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने, तीन वर्ष अस्पताल सञ्चालन नगरी मेडिकल कलेज खोल्न नपाइने जस्ता प्रावधान प्रतिस्थापन विधेयकमा नराखिएपछि सरकारको आलोचना भएको हो ।

त्यसलाई नियमावली निलम्बन गरेर छोटो प्रक्रियाबाट अनुमोदन गर्ने सरकारी प्रयास पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधपछि असफल भएको थियो । यद्यपि, नयाँ विधेयक पनि सोही विवादित प्रतिस्थापन विधेयककै ढाँचामा तयार पारिएको बताइएको छ । आफूसँग भएको सम्झौता बमोजिम नै विधेयक पारित हुनुपर्ने माग राख्दै डाक्टर गोविन्द केसी जुम्ला पुगेर अनसन बसिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);