एजेन्सी, २० असार । इरानसँग सन् २०१५ मा गरिएको परमाणु सम्झौता जोगाउन यहि शुक्रबार जुलाई ६ तारिखका दिन अष्ट्रियाको राजधानी भियेनामा संसारका ५ शक्तिशाली राष्ट्रबीच वार्ता हुने भएको छ ।
अमेरिका उक्त परमाणु सम्झौताबाट अलग भएपछि सो वार्ताको आयोजना गरिएको हो । वार्तामा बेलायत, चीन, फ्रान्स, जर्मनी र रुसका शीर्ष राजनीतिज्ञहरुको सहभागिता रहने इरानको विदेश मन्त्रालयले जनाएको छ ।
परमाणु सम्झौताबाट अमेरिका अलग भएपछिको अवस्थामा इरानले निर्वाह गर्ने भुमिका र सम्झौतामा आवद्ध बेलायत, रुष , फ्रान्स, चीन र जर्मनीले यहि शुक्रबार भियेनामा बार्ता गर्ने इरानको विदेश मन्त्रालयले जनाएको छ ।
३ बर्ष पहिले सोहि ठाउँमा अमेरिका समेत सामेल भई उक्त परमाणु सम्झौता गरिएको थियो । अमेरिकाका तत्कालीन राष्ट्रपति बराक ओबामाका पालामा गरिएको उक्त सम्झौतालाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रमले दोषपुर्ण भन्दै सम्झौताबाट अमेरिकालाई अलग गरेका थिए ।
यद्धपि अमेरिका बाहेक बाँकि ५ राष्ट्रहरुले इरानसँग गरिएको परमाणु सम्झौताको पक्षमा रहि रहने बताउँदै आएको कुरा इरानका विदेश मन्त्रि मुहम्मद जावेद जफरीलाई उदृत गर्दै इरानको सरकारी न्युज एजेन्सि इरनाले जनाएको छ ।
उता युरोपियन युनियनको तर्फबाट सम्झौतामा अडिग रहन इरान समक्ष राखिएको प्रस्ताब माथि पनि भियेना बैठकमा छलफल हुने बताइएको छ । यति बेला इरानका राष्ट्रपति हसन रुहानि युरोपको भ्रमणमा हुनुहुन्छ ।
राष्ट्रपति हसन रुहानिले इरान पहिले भन्दा बढि युरेनियम सम्बद्र्धन गर्ने बताउँदै अमेरिकाको नयाँ प्रतिवन्ध र त्यस बाट उत्पन्न खतराको सामना गर्न इरान तयार रहेको बताउनु भएको छ ।