मलेशियाका पूर्वप्रधानमन्त्री रजाक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

मलेशियाका पूर्वप्रधानमन्त्री रजाक पक्राउ

एजेन्सी, १९ असार । आर्थिक घोटालामा अभियुक्त मानिएका मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक पक्राउ परेका छन् । बीबीसीका अनुसार पक्राउ परेका नजिबलाई बुधवार औपचारिक रूपमै अभियोग लगाइने अधिकारीहरुले बताएका छन् ।

लामो समयदेखि भ्रष्टाचारको आरोप खेप्दै आएका रजाकलाई राज्य विकास कोष संलग्न भएको ’वनएमडीबी’ नामक एउटा कोषबाट ७० करोड अमेरिकी डलर अपचलन गरेको आरोप छ । उनले स्थापना गरेको सो कोषमा करोडौँ डलरको लेखाजोखा छैन ।

गत मे महिनामा भएको निर्वाचनमा पराजय भोगेपछि उहाँमाथि अनुसन्धान थालिएको थियो । वनएमडीबीको विशेष कार्यदलद्वारा जारी गरिएको एउटा विज्ञप्तिमा सो परियोजना अधीनस्थ एसआरसीसँग सम्बन्धित विषयमा रजाकलाई मङ्गलवार स्थानीय समयानुसार दिउँसो २:३५ बजे उनकै निवासबाट पक्राउ गरिएको उल्लेख छ ।

क्वालालम्पुर उच्च अदालतमा बुधवार उनीविरुद्ध अभियोग दर्ता हुनेछ । तर, रजाकले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);