काठमाडौं, १९ असार । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन् ।
मन्त्री बस्नेतले सरकारको एक्लो प्रयासले मात्रै मुलुकलाई समृद्ध बनाउन सम्भव नरहेको भन्दै त्यसमा साथ लिन सबैलाई आह्वान गरेका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि व्यापक बहस जरुरी रहेको बताए ।
मन्त्री बस्नेतले नेपालको विकास र उन्नतिमा साथ दिन गैरसरकारी संस्थाहरुको पनि गम्भिर ध्यानाकर्षण गराए । देशको विकासमा हरेक नागरिकले सकेको योगदान गर्नुपर्ने मन्त्री बस्नेतको भनाइ छ ।