पाँच वर्ष भित्र सबै नागरिकलाई मुलुकमै रोजगारी : मन्त्री विष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

पाँच वर्ष भित्र सबै नागरिकलाई मुलुकमै रोजगारी : मन्त्री विष्ट

काठमाडौं, १८ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पाँच वर्ष भित्र सबै नागरिकलाई मुलुकमै रोजगारीको अवसर श्रृजना गर्ने दाबी गरेका छन् ।

मन्त्री विष्टले एक वर्ष भित्रै सबै नागरिकलाई रोजगारीको अवसर श्रृजनाका लागि मूल आधार तय गर्न सरकारले छिट्टै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार प्रत्याभूत कार्यक्रम घोषणा गर्ने योजना तय गरेको बताए ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विभिन्न देशमा नेपाली नागरिकलाई रोजगारीको अवसर दिएका ८ जना राष्ट्रिय उद्यमीलाई सम्मान गर्दै उनँले सरकारले मुलुकको श्रम बजारले मागे अनुसारको जनशक्ति उत्पादनका लागि आवश्यक योजना बनाईरहेको स्पष्ट पारे । मन्त्री विष्टले सरकारले बैदेशिक रोगजारलाई भरपर्दाे बनाउन सक्दो पहल गरिरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);