प्रतिनिभिसभाको शुन्य समयमा सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

प्रतिनिभिसभाको शुन्य समयमा सांसदले के भने ?

samsadh parlyament

काठमाडौं, १७ असार । सांसदहरुले जनसरोकारका विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । वर्षायाम सुरु भएसँगै बाढी पहिरोको जोखिम, मूल्यबृद्धि, नागरिक अधिकार देखि गोबिन्द केसीको आन्दोलन लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आइतबारको प्रतिनिभिसभा बैठकको शुन्य समयमा बोल्दै नागरिकको दैनिकी कष्टकर हुँदासमेत सरकार मुकदर्शक बनेको आरोप लगाए । सांसद अमृता थापाले बजारमा कृतिम अभाव श्रृजना गरेर अत्याधिक मूल्य बृद्धि हुँदासमेत सरकारले त्यसतर्फ ध्यान नदिएको टिप्पणी गरिन । उनले प्रभावकारी बजार अनुगमन गरी मूल्यबृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराईन ।

सांसद खगराज अधिकारीले पनि कृतिम अभावका कारण श्रृजना भएको महंगीले सरकारकालाई गिज्याईरहेको टिप्पणी गरे । सांसद आशा कुमारी विकले संविधानमा उल्लेख भएको दलित हकका बारेमा कानुन बनाउने कामको प्रगतीबारे जानकारी माग गरिन ।

सांसद गगन थापाले सरकारले डाक्टर गोविन्द केसीलाई शान्तिपुर्ण प्रर्दशन गर्न रोक लगाएर सरकार अराजकता उन्मुख हुँदै गएको आरोप लगाए ।

सांसदहरुले मनसुन सुरु भएसँगै बाढी पहिरोका साथै नदी कटानको त्रास बढेको भन्दै त्यसको तत्काल व्यवस्थापन तथा पीडीतलाई तत्काल राहतको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);