नेपाल–भारतबीच सन्धी सम्झौता इपीजीद्धारा साझा प्रतिवेदन तयार | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

नेपाल–भारतबीच सन्धी सम्झौता इपीजीद्धारा साझा प्रतिवेदन तयार

nepal india

काठमाडौं, १७ असार । नेपाल–भारतबीच विगतका सन्धी सम्झौता पुनरावलोकनका लागि राय सुझाव दिन गठित प्रवुद्ध व्यक्ति समुह (इपीजी)ले साझा प्रतिवेदन तयार गरेको छ ।

तोकिएको २ वर्षे कार्यअवधि अगावै इपीजीको नवौं बैठकले साझा प्रतिवेदन तयार गरेको हो ।निकै चर्चामा रहेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी, जलस्रोत, खुला सीमा व्यवस्थापन, व्यापार, पारवहनलगायतका विषय समेटेर एउटै प्रतिवेदनलाई अन्तिम रुप दिइएको समूहको नेपालतर्फको सचिवालयले जनाएको छ । यसैगरी आतंकवाद, लागु औषध नियन्त्रण, अवैध मुद्राको कारोवार नियन्त्रणजस्ता विषयबारेको सुझावलाई पनि प्रतिवेदनमा समेटेको बताइएको छ ।

शुक्रवार काठमाडौंमा शुरु भएको समुहको नवौं तथा अन्तिम संयुक्त बैठक शनिबार सम्पन्न भएको हो । दुवै मुलुकबाट ४/४ जना प्रवुद्ध व्यक्ति संलग्न समुहको २ वर्षे कार्यअवधि यही सातासम्म तोकिएको छ । १९५० को सन्धी पुनरावलोकन गर्ने विषय पहिलो बैठकदेखि नै हरेक बैठकमा इपीजीको मुख्य एजेण्डा बनेको थियो । सो सन्धी पुनरावलोकन गर्न भारतीय पक्ष सकारात्मक बनेपछि अन्य समग्र विषयलाई समेटेर अहिले साझा प्रतिवेदन तयार पारिएको समुहका नेपालतर्फका एक सदस्यले बताए ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);