नेपाल-भारत इपिजी बैठक सकियो | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

नेपाल-भारत इपिजी बैठक सकियो

काठमाडौं, १६ असार । सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयको अध्ययन गरि सुझाव दिन गठन भएको प्रबुद्ध समूहले अन्तिम प्रतिवेदन तयार पारेको छ ।

दुई दिन सम्म काठमाडौंमा बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । साथै बैठकले कम्तिमा १ महिना भित्र दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय पनि गरेको छ ।

बैठकपछि जारी विज्ञप्तीमा प्रतिवेदन तयार भएको र छिटो दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने जनाईएको छ । भारतका तर्फबाट प्रवृद्ध समुह सदस्य महेन्द्र पी लामाले दुई देशबीचका असमान सन्धि सम्झौताको पुनरावलोकनको सुझाव सहितको प्रतिवेदनलाई अन्तिम रुप दिने काम भएको जानकारी दिए ।

सन् १९५० को सन्धिलाई दुवै देशको तर्फबाट गम्भीर रुपमा अध्ययन विश्लेषण गरि वास्तवकितामा आधारित भएर प्रतिवेदन तयार पारिएको बताए ।

उनले दुई वटा राष्ट्रका प्रधानमन्त्रीले दिएका कार्यविधिलाई नै आधार बनाउँदै सोही मान्यता अनुसार छलफल अघि बढाईएको र वास्तविकतामा आधारित भएर प्रतिवेदन तयार भएकाले प्रतिवेदमा समावेश सुझाव दुवै सरकारलाई कार्यान्वय गर्न सहज हुने बताए । उनले प्रतिवेदनलाई दुवै मुलुकका प्रधानमन्त्रीले कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गरे ।

२ बर्ष अघि तात्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा दुई बर्षको कार्यवधि सहित गठन गरिएको इपिजीको समय असार २० गते सकिँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);