कञ्चनपुर, १५ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कञ्चनपरको सुख्खा बन्दरगाह निर्माण स्थलका विस्थापितलाई पुर्नस्थापना गर्ने आश्वासन दिएका छन् ।
कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजमा बनाउन लागिएको सुख्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षण गदै मन्त्री यादवले विस्थापित भएकालाई पुर्नस्थापना गर्ने आश्वासन दिएका हुन् । उनले नेपालको व्यापार बृद्धिका लागि सुक्खा बन्दरगाह बनाउन लागिएको बताए ।
कञ्जभोजका स्थानीयले आफुहरु विस्थापित हुने गरि सुक्खा बन्दरगाह बनाउन लागेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । आपूर्ति मन्त्री सहितको टोलीले महाकालीमा निर्माण हुन लागेको पुल र छेला औद्योगिक क्षेत्रको समेत अनुगमन गरेको थियो ।