काठमाडौं, १५ असार । शान्तिपुर्वक भेला हुन पाउने मौलिक हकप्रति अनुदार बन्दै तोकिएका निश्चित स्थानबाहेक अन्यत्र धर्ना र विरोध प्रदर्शन गर्न सरकारले बन्देज लगाएको छ ।
गृह मन्त्रालयले काठमाडौंका ७, ललितपुरका ६ र भक्तपुरको १ ठाउँलाई विरोध प्रदर्शन स्थल तोकेको छ ।, हिजो तपाईहरुले पनि सबै ठाउँमा विरोध प्रदर्शन गर्नुभयो, अहिले किन त्यही स्थानमा निषेध गर्दै हुनुहुन्छ । भन्ने प्रश्नमा गृहमन्त्रीले भने, हिजोको कुरा बेग्लै भयो । अव बिधिको शासन चल्छ । आजको कान्तिपुरमा यो खबर छ ।