महासचिव र सचिवको पारिश्रमिक विधेयक संसदमा पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

महासचिव र सचिवको पारिश्रमिक विधेयक संसदमा पेश

samsadh parlyament

काठमाडौं, १३ असार । संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक संसदमा पेश भएको छ ।

सरकारको सिफारिसमा गत वैशाख १३ मा राष्ट्रपति विद्यादेबी भण्डारीले यो विधेयकसहित अन्य चारवटा बिधेयेक अध्यादेशमार्फत जारी गरेकी थिईन ।

संसद सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणिकरण गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार कानुन मन्त्री शेरबहादुर तामाङले प्रतिस्थापन विधेयक बुधबार सदनमा पेश गरेका हुन् ।

उक्त अध्यादेश यसअघि नै संसदले स्वीकृत गरिसकेको छ । संसदमा पेश भएको ११ दिनभित्र प्रतिस्थापन विधेयक पारित गरिसक्नु पर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);