संसदमा नियम निलम्बनको आवश्यकता किन ? | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

संसदमा नियम निलम्बनको आवश्यकता किन ?

samsadh

काठमाडौं, १९ असार । सरकारले समय अभावको कारण देखाउँदै संसदमा ‘फास्ट ट्र्याकबाट विधेयकहरू पारित गर्न थालेको छ। असार १५ गतेयता मात्रै पनि तीन वटा विधेयक सरकारले फास्ट ट्र्याक विधिबाट पारित गरेको छ।

संसद्को कार्यसञ्चालन नियमावलीका कतिपय धारा निलम्बन गर्दै सरकारले बेपत्ता छनबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, राष्ट्रियसभा गठनसम्बन्धी प्रतिस्थापन विधेयक र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारि श्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

संसद् आफैंले पारित गरेको संसद्को कार्यसञ्चालन नियमावलीका केही धारालाई निलम्बन गर्दै छोटो विधिबाट विधेयकहरू संघीय संसद्को बैठकबाट पारित हुन थालेका हुन्। सोमबार मात्रै पनि बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक २०७५ तीन पटक छुट्टाछुट्टै समयमा बैठक बसी प्रतिनिधिसभाले पारित गरेको छ।,आजको अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

ताजा समाचार