सरकार सफल पार्न ९ सचिवका ९ कार्यदल | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

सरकार सफल पार्न ९ सचिवका ९ कार्यदल

office of pm

काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठवन्धन सरकार सफल बनाउन ९ जना सचिवको नेतृत्वमा ९ वटा कार्यदल गठन गरेको छ ।

मूख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गठित सचिव बैठकले प्रधानमन्त्री कार्यालय, गृह, अर्थ, सामान्य प्रशासन, संघीय मामिला लगायत ९ वटा मन्त्रालयका सचिवको नेतृत्वमा छुट्टाछुट्टै ९ कार्यदल गठन गरेको हो । कार्यदललाई सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुसार चुस्त प्रशासन, सुशासन, शान्ति–सुरक्षा, बजेटले तर्जुमा गरेका एजेन्डा कार्यान्वयन लगायत विषय प्रभावकारी कार्यान्वयनका लागि असार १५ गते भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

“नीति तथा कार्यक्रममा समाबेस भएका राष्ट्रिय महत्वका विषयमा कार्यक्रमगत अवधारणा र कार्यान्वयन रणनीति तयार गर्न ९ जना सचिवको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल गठन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।” प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए । बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव लालशंकर घिमिरेको अध्यक्षतामा संघीय संरचना अनुसार राष्ट्रिय तथ्यगत विवरण तयार पार्ने जिम्मेवारी दिएको छ ।

त्यस्तै सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा सूचना प्रविधिको विकास र नागरिक अधिकार मोवाइल एप्स सम्वन्धि कार्य, दोहोरो अंकको ननिक आर्थिक वृद्धि हाँसिल तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सम्वन्धमा अर्थ सचिव, लगानीमैत्री बाताबरण र सेवा गुणस्तर कायम गर्ने सम्वन्धमा उद्योग वाणिज्य तथा आपूर्ती सचिव र संघीयता कार्यान्वयनका सन्दर्भमा नेपाल स्थित विदेशी नियोग र निकाय तथा विभिन्न तहका सरकारबीच सहयोग र भेटघाटको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने जिम्मा कस्तो रहने भन्ने खाका बनाउन परराष्ट्र मन्त्रालयका सचिवलाई दिइएको छ ।

यसैगरी शान्तिसुरक्षा, विकास र अन्तरक्षेत्रगत समन्वयको जिम्मा गृह मन्त्रालय र संघीय तथा सुशासनमाथी नियमन र निगरानी राख्ने जिम्मा प्रधानमन्त्री कार्यालयका सचिवले गर्नेगरी खाका बनाउने जिम्मा दिइएको छ । जिम्मेवारी तोकिएका मन्त्रालयका सचिवले असार १५ गतेभित्र सुझाव सहितको प्रतिवेदन पमूख्यसचिव रेग्मीसमक्ष बुझाउने छन् । त्यसपछि सरकारले लिएका नीति तथा कार्यक्रम, सुशासन र विकासबारे सरकारको रणनीति अनुसार प्रतिवेदन कार्यान्वयनमा लैजाने मन्त्रीपषिद कार्यालयको तयारी छ । प्रतिवेदनको टुंगो लागेपछि विषयगत समितिमा रहने सचिवको चयन मूख्यसचिवले गर्ने बताइएको छ । आजको कारोबार दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);