प्रचण्ड अझै एक हप्ता सिंगापुरमै | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

प्रचण्ड अझै एक हप्ता सिंगापुरमै

prachanda singhapur

काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एक साता सिंगापुरमा रहने भएका छन् ।

पत्नी सीताको उपचार लम्बिएपछि उनी तत्काल नेपाल नफर्किने भएका हुन् । पत्नी सीताको उपचारका लागि उनी गत ४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए । सीता दाहाललाई वाटरथेरापी र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने सल्लाह दिएपछि प्रचण्डको सिंगापुर बसाइ लम्बिएको हो ।

 सीताको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । उनी बाथ, सुगर, प्रेसर र पेटसम्बन्धी रोगबाट पीडित छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);