काठमाडाैं, १२ असार । मंगलबार सेयरबजारमा सूचीकृत कुनै पनि समूह उकालो लाग्न सकेन सेयर बजार परिसूचक (नेप्से) १२ सय अंकभन्दा तल झरेको छ । आज १५ दशमलव २९ अंकले बजार घटेपछि समग्र बजार परिसूचक ११९४.८ अंकमा झरेको हो ।
मंगलबार सेयरबजारमा सूचीकृत कुनै पनि समूह उकालो लाग्न सकेनन् । एक सय ६० कम्पनीको सेयर किनबेच भएको बजारमा कारोबार रकम भने सोमबारको तुलनामा करिब पाँच करोड बढेको छ ।
सोमबार करिब १८ करोडको सेयर किनबेच भएको बजारमा मंगलबार करिब २३ करोड रुपैयाँको कारोबार भएको हो । होटल, उत्पादनमूलक र लघुवित्त समूह दुई प्रतिशतभन्दा धेरैले घटेका छन् । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.११ अंकले घटेको छ ।