संविधानमा व्यवस्था गरिएका सबै आयोग गठन प्रक्रिया टुंगोमा पुग्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

संविधानमा व्यवस्था गरिएका सबै आयोग गठन प्रक्रिया टुंगोमा पुग्दै

काठमाडौं, १२ असार । सरकारले विभिन्न आयोग गठन प्रक्रियालाई छिट्टै टुंगोमा पु-याउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानमा व्यवस्था गरिएका सबै आयोग गठनको काममा ढिलाई नहुने बताएका छन् ।

उनले आदिवासी जनजातिहरुको हित प्रतिकूल कुनै पनि गतिविधि हुन नदिने दृढता समेत व्यक्त गरे । मंगलबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान संचालक परिषदको १७ औं बैठकलाई ललितपुरमा सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै उनले सरकार संविधानको परिकल्पना र राष्ट्रिय आवश्यक्तालाई सम्बोधन गर्दै अघि बढिरहेको दावी गरे । उनले कर्मचारी व्यवस्थापनको काममा ढिलाई नहुने स्पष्ट पारे । मन्त्री पण्डितले सरकार प्रशासनिक पुनर्संरचनाको काममा केन्द्रित रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);