काठमाडौं, १२ असार । खानेपानीमन्त्री विना मगरले तराईका जिल्लामा आर्सेनिक मुक्त पीउने पानीको प्रबन्ध मिलाउने प्रयासमा सरकार लागि रहेको बताएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटका बारेमा संघिय संसदमा उठेका प्रश्नको जवाफ दिदै उनले समग्र योजनालाई केन्द्रीत गर्दै आर्सेनिक मुक्त पीउने पानीको प्रबन्ध मिलाउन लागि पर्ने बताइन् ।
अधिकांश सांसदले तराईका जनताले कहिलेसम्म आरसेनिक मुक्त पानी पिउन पाउँछन् भन्ने प्रश्न गरेका थिए । त्यसैगरी सबै नेपालीले शुद्ध पीउने पानीको पहुँच कहिले सम्म पुग्छ भन्ने प्रश्न सोधेका थिए । उनले सांसदको जिज्ञासाको ठोस जवाफ नदिई गोलमोटल रुपमा एकिकृत कार्यक्रम मार्फत काम अघि बढाईने बताइन् ।