एउटै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

एउटै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट !

marksheet

काठमाडौं, ११ असार । माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेको वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिवार प्राप्त गरेको जिपिए आईतबार बढेको हो । जिपिए बढेपछि विद्यार्थी, अभिभावक, शिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो ।,

अधिकांशको जिपिए बढ्यो
आइतबार प्रायः विद्यार्थीको जिपिए बढेको छ । सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जिपिए बढेको बताए । ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौँ । शनिबार जिपिए ३.८ आउनेको आइतबार ३.९ आएको छ,’ उनले भने । जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको उनले बताए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);